२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

माओवादी केन्द्रले जनतासँग माओवादी अभियान चलाउने, प्रदेश इन्चार्ज तोक्यो

सोमवार , माघ २१, २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी अभियान चलाउने भएको छ । सोमबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले फागुन १२ गतेबाट झापाको कचनकवचबाट अभियान सुरु गर्ने निर्णय गरेको हो ।

हुलाकी राजमार्गमा आधारित भएर यो अभियान चल्ने छ ।

माओवादीले स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै, माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू तोकेको छ ।

प्रदेश इन्चार्जहरू, कुन प्रदेशमा को ? :

कोशी : हरिबोल गजुरेल

मधेश : मातृका यादव

बागमती : हितमान शाक्य

गण्डकी : दीनानाथ शर्मा

लुम्बिनी : चक्रपाणि खनाल

कर्णाली : कालीबहादुर मल्ल

सुदूरपश्चिम : गिरिराजमणि पोखरेल

विशेष प्रदेश : जयपुरी घर्ती

सार्क प्रवास : लक्ष्मण पन्त

यूरोप–अमेरिका : राम कार्की

एसिया : ओम शर्मा

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट