logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • हलिउड फिल्ममा डेब्यू गर्दै नेपालकी ट्रान्सजेन्डर मोडल अञ्जली लामा

    हलिउड फिल्ममा डेब्यू गर्दै नेपालकी ट्रान्सजेन्डर मोडल अञ्जली लामा

    5.4K
    Shares

    मोडलिङ जगतमा फरक पहिचान बनाएकी नेपालकी ट्रान्सजेन्डर मोडल अञ्जली लामाले हलिउड फिल्ममा डेब्यू गर्ने भएकी छन् । ६ भागमा निर्माण हुन लागेको ‘सेयरिङ ए राइड’ मा उनले अभिनय गर्न लागेकी हुन् । लीना यादवले निर्देशन गर्ने  यस फिल्ममा उनीसँगै बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिसले पनि अभिनय गर्दै छिन्  । 

    वुमेन्स एण्ड हलिउडको रिपोर्ट अनुसार, यो एक एन्थोलजी फिल्म हुनेछ, जसको शीर्षक ‘वुमेन्स स्टोरीज’ राखिएको छ । लर्वोलिनो इन्टरटेन्मेन्टको को प्रोडक्सन र ‘वि डू इज टुगेदर’ ले निर्माण गर्ने फिल्ममा महिलाको जिन्दगीको अलग९अलग पक्ष देखाइनेछ । 

     फिल्ममा अञ्जलीले हलिउड स्टार  कारा डेलेविन्ज, मारिका गे हार्डेन ,मार्गरिटा बाय, ईवा लोन्गोरिया, र लीवनर वारेला जस्ता चर्चित कलाकार सँग काम गर्न लागेकि हन् ।

    तेस्रोलिंगी समूदायबाट अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने उनी नेपालको पहिलो मोडल हुन् । २०१६ मा भारतको प्रतिष्ठित ‘ल्याक्मे फेसन शो’ मा उनी उत्कृष्ट २० सम्म पुगेकी थिइन् । यसमा सहभागिता जनाउने उनी नै पहिलो तेस्रोलिंगी मोडल हुन् । एजेन्सी

    WOMENS AND HOLLYOWOOD.JPG

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend