२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गायक राजु परियार र मन्दिरा थापाको आवाजमा ‘कल कल बगेको खोली’ सार्वजनिक

मंगलवार , माघ २२, २०८१

काठमाडौं । नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा थापा मगर र गायक राजु परियार को आवाजमा रहेको मौलिक भाकामा आधारित गीत ‘कल कल बगेको खोली’ को भिडियो डिजिटल बजारमा सुन्द हमालको युटुव मार्फत सार्वजनिक भएको छ ।

गीतमा प्रेमी प्रेमिका बीचको मायालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । मौलिक लयमा सिर्जना भएकाले आम दर्शक तथा स्रोताले ‘कलकल बगेको खोली ’गीतलाई मन पराउनेमा आफू आशावादी रहेको गायिका थापाले बताइन् ।

गीत सुन्दर हमालको शब्द तथा शिव हमालको लय सिर्जनामा तयार पारिएको छ । आफनो प्रेमी आफनो मायामा संसारमा रमाउनका लागि आएकोमा गायिका निकै खुसी भएकी छन् । रेशम दलामीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा कुमार केसीको निर्देशन भिडियोमा रहेको छ । उक्त गीतको म्यूजिक भिडियोमा सुधिर श्रेष्ठ र जुना विश्वकर्माको अभियन रहेको छ ।

https://youtu.be/u50Xoqz8Fms

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ