logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • नेपाल इन्फ्राष्ट्रक्चर बैंकको आईपीओ शुक्रबार बाँडफाँड हुदैँ , ५० कित्ता सबैले पाउने

    नेपाल इन्फ्राष्ट्रक्चर बैंकको आईपीओ शुक्रबार बाँडफाँड हुदैँ , ५० कित्ता सबैले पाउने

    4.6K
    Shares

    काठमाडौं। नेपाल इन्फ्राष्ट्रक्चरको प्राथमिक शेयरमा ५० कित्ता सबैले पाउने भएका छन्। कम्पनीले आज गरेको ‘प्रि अलटमेन्ट’ अनुसार ५० कित्तासम्मको आवेदन दिने सबैले प्राप्त गर्ने भएका छँन् ।

    ५० कित्ता भन्दा बढि आवेदन दिनेमध्ये केहिले थप १० कित्ता प्राप्त गर्न सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआविएल एस क्यापिटलले जनाएको छ। क्यापिटलले ‘प्रि अलटमेन्ट’ को तथ्याङक धितोपत्र बोर्डमा पठाएको छ। बोर्डले स्वीकृत गरे पछि कम्पनीले शुक्रवार विहान १० बजे बाँडफाँट गर्ने बताएको हो। शेयरमा १५ लाख २९ हजार जनाले आवदेन दिएका थिए।

    ८ करोड कित्तामध्ये कर्मचारीका लागि एक लाख ६० हजार कित्ता सुरक्षित गरेको छ। त्यस्तै म्युचुअल फण्डहरुलाई ५ प्रतिशत अर्थात् ४० लाख कित्ता बिक्री गरिसकेको छ। कर्मचारी र म्युचुअल फण्डलाई बिक्री गरेर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बाँडफाँट हुनेछ। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend