२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

फेसबुक र इन्स्टाग्राम नेपालमा दर्ता हुन नआए प्रतिबन्ध लगाउँछौँ : सञ्चारमन्त्री गुरुङ

बुधवार , माघ २३, २०८१

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्‍जाल नेपालमा दर्ता हुन नआए प्रतिबन्ध लगाउने बताएका छन् । गुरूङले एक कार्यक्रममा बोल्‍दै यस्तो बताएका हुन् ।

उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिनेलाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताए ।

उनले सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरुकै मागका कारण सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको बताए ।

मनपरी लेख्ने, मनपरी गर्ने कुरा लोकतन्त्र नभएको उनले बताए । उनले भने, ‘हाम्रो सामाजिक सद्भाव जसले भत्काउँछ, त्यसलाई हामीले राखेकै छौँ । हाम्रो धार्मिक सहिष्णुता भत्काउनेलाई राखेका छौँ, त्यसलाई हामी रोक्न चाहन्छौँ, त्यसलाई हामी नियमन गर्न चाहन्छौँ । त्यसैले हामीलाई यो विधेयक चाहिएको हो ।’

दर्ता हुन आउने सामाजिक सञ्जाललाई सञ्चालनका लागि सरकारले सहज वातावरण मिलाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट