मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

फुजीमा आयल कम्पनीले उत्पादन गरेको लुब्रिकेन्टस र ग्रिजले ग्राहकको मन जित्दै

फुजीमा आयल कम्पनीले उत्पादन गरेको लुब्रिकेन्टस र ग्रिजले ग्राहकको मन जित्दै

विराटनगर । विराटनगरका उमेश कुमार यादवले विगत २ बर्षदेखि फुजीमा आयल कम्पनीले उत्पादन गरेको लुब्रिकेन्टस र ग्रिज प्रयोग गर्दै आएका छन् ।

आफ्नो सवारी साधनमा स्वदेशमा नै उत्पादित लुब्रिकेन्टस र ग्रिज प्रयोग गर्न पाउँदा उनी निकै खुसी पनि छन् ।

‘विगत २ बर्षदेखि प्रयोग गर्दै आएको छु । यो प्रयोग गर्न थालेपछि इन्जिनमा समस्या पनि आएको छैन्’, उनले भने, ‘सस्तो र गुणस्तरीय भएकाले पनि म अरुलाई पनि स्वदेशी उत्पादन प्रयोग गर्न सुझाव दिन्छु ।’

उनी जस्ता धेरै प्रयोगकर्ता छन् । जसले स्वदेशी उत्पादनलाई प्राथमिकता दिईरहेका छन् । ग्राहकको चाहनालाई मध्यनजर गर्दै कम्पनीले समय समयमा विशेष छुट समेत दिने गरेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक सुवोध कोइरालाले एक्स्पो लगायत विभिन्न समयमा विशेष छुट दिएर विक्री वितरण गर्ने गरेको जानकारी दिए ।

‘हामी विभिन्न मेला उत्सवहरुमा स्टल पनि राख्छौं । यसमा ग्राहकहरुलाई विशेष छुट पनि दिनेगरेका छौं’, उनले भने, ‘विभिन्न मेला (एक्स्पो) हरुमा ग्राहकलाई आकर्षित गर्नको लागि विशेष छुट दिने गरेका छौं । एक पटक प्रयोग गरेकाले ग्राहकले पछि खोज्दै आउने गरेका पनि छन् ।’

फुजीमा आयल कम्पनी विराटनगरले आफ्नो उत्पादन लुब्रिकेन्टस र ग्रिज प्रयोग गर्दा साधनमा गडबडी देखिए बीमा मार्फत क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । कम्पनीले अढाई दशकदेखि कन्ट्रोल लुब्रिकेन्ट्स, म्याजिक प्लस लुब्रिकेन्ट्स र रोयल लुब्रिकेन्टस्का नाममा २ सय १० प्रकारका इन्जिन आयाल र ग्रिज उत्पादन गर्दै आएको छ ।

ती उत्पादन प्रयोग गरेर इन्जिनमा समस्या आएको पुष्टि भएमा कम्पनीले बीमा मार्फत क्षतिपूर्ति दिने व्यवस्था गरेको प्रबन्ध निर्देशक कोइरालाले बताए । कोइरालाले लुब्रिकेन्टस र ग्रिज उत्पादन कम्पनीले दिने यस्तो क्षतिपूर्ति मुलुकमा पहिलो भएको बताए ।

कम्पनीले आफैले ल्याव प्रयोगशालाको व्यवस्था गरेको र ल्याब परीक्षण निशूल्क गरिने कोइरालाले बताए । कम्पनीले वार्षिक एक करोड बराबरको क्षतिपूर्ति दिने बताउँदै कोइरालाले भने ‘अहिलेसम्म एउटा पनि गुनासो आएको छैन र अब आए बीमा मार्फत क्षतिपूर्ति दिने व्यवस्था गरिएको छदैछ ।’

मुलुकमा वार्षिक २० अर्ब भन्दा बढीको लुव्रिकेन्टस र ग्रिज खपत हुँदै आएको छ । खपतको करिव ६५ प्रतिशत बजार विदेशी लुव्रिकेन्टस र ग्रिजले ओगट्दै आएको कोइरालाले बताए । स्थानीय उत्पादनको बजार ३५ प्रतिशत मात्र छ ।

उनले भने ‘स्थानीय उत्पादनलाई विश्वास गरे विदेशी उत्पादनलाई विस्थापीत गर्न सकिन्छ । स्थानीय उत्पादन निकासी योग्य गुणस्तर छन् ।’ तर धेरै उपभोक्ता अझैपनि विश्वस्त हुन नसक्दा विदेशी आयातले नै बजार ओगट्दै आएको कोइरालाको गुनासो छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend