२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

लप्सीफेदी सबस्टेसन निर्माण कार्य धमाधम (तस्बिरहरु)

शनिवार , फाल्गुण १०, २०८१

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम भइरहेको छ।

तामाकोसी तथा सुनकोसी नदी र तिनका सहायक खोलामा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ‘ग्यास इन्सुलेटेड सबस्टेसन (जिआईएस) प्रविधिमा आधारित ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको हो।

मिलेनियम च्यालेन्ज कर्पोरेशन ( एमसीसी) परियोजना लगायत, स्थानीयको जग्गा अधिकरण र मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नु पर्ने माग राख्दै केही स्थानीय अहिले पनि विरोध मै रहेका छन् ।

निर्माणाधीन खिम्ती–बाह्रबिसे-लप्सीफेदी सबस्टेसन आयोजनाअन्तर्गत ४००/२२० केभी लप्सीफेदी सबस्टेसनको नियन्त्रण कक्ष, जिआइएसका उपकरण रहने भवनलगायतका सिभिल संरचना निर्माण करिब ४० प्रतिशत सकिएको छ।

सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआईएस, कन्ट्रोल प्यानललगायतका सम्पूर्ण उपकरण आपूर्ति करिब ८० प्रतिशत भइसकेको छ।

तामाकोसी-काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत २२०/१३२ र १३२/११ केभी तहका सबस्टेसनका सिभिल संरचना निर्माण ५० प्रतिशत सकिएको छ। उपकरण आपूर्ति ९८ प्रतिशत भइसकेको छ। सिभिल संरचना निर्माण सम्पन्न भएपछि सबस्टेसनमा उपकरणको जडान सुरु हुनेछ।

तामाकोसी-काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै काठमाडौं आउने ४०० केभी प्रसारण लाइन लप्सीफेदी सबस्टेसनमा जोडिनेछ।

प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावर खडा गरिएको छ। करिब तीन किलोमिटर मात्र तार तान्न बाँकी रहेको छ।

त्यस्तै, बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी रहेको छ । उक्त टावरहरु लप्सीफेदी क्षेत्रमै पर्दछन्। करिब ४२ किलोमिटर तार तानिएको छ। तामाकोसी–काठमाडौं प्रसारण लाइन निर्माण आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी) को ‘विद्युत प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋणमा सबस्टेसन तथा प्रसारण लाइन निर्माण भइरहेको हो।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ