बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

बाटो काट्नेहरुको हेलचेक्र्याँई (फोटो फिचर)

बाटो काट्नेहरुको हेलचेक्र्याँई (फोटो फिचर)

काठमाडौं । प्रायः काठमाडौं उपत्यकाका सडकमा बाटो काट्नका लागि पुल बनाइएको हुन्छ । पुल नभएका ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ । अझ केही समय यता उपत्यकाका केही ठाउँहरुमा आफैँले स्विच थिचेर बाटो काट्ने (पेलिकन क्रसिङ) प्रविधि जडान गरिएको छ ।

सडकमा पैदल यात्रुलाई हुने असहजतालाई सहज बनाउन र सुरक्षित बनाउन भन्दै यो प्रविधि भित्र्याइएको हो । तर जनचेतनाको अभाव र हेलचेक्र्याँईका कारण मानिसहरु आकाशे पुल, जेब्रा क्रसिङ भन्दा बाहिरबाटै बाटो काट्ने गरेका छन् । यसले जनधनको क्षति दिनप्रतिदिन बढिरहेको देख्न सकिन्छ । पैदल यात्रुहरुको हेलचेक्र्याँई यतिसम्म हुन्छ की नजिकै पुल छ भनेपनि पुलबाट नभइ तलैबाट बाटो काट्ने गर्दछन् । यसले सडक दुर्घटना बढाइरहेको छ ।

ख्यालख्याल गर्ने प्रवृत्तिमा सुधार गरेर सुरक्षित तवरले सडक काट्ने बानी बसाल्न नसक्दा यि दुर्घटनाहरु बढ्दै गइरहेका छन् । साथै कतिपयलाई जनचेतनाको अभाव पनि छ । उनीहरुलाई चेतना बिस्तार गर्ने अभियान सञ्चालन गर्न जरुरी पनि छ ।

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गरेका जथाभावी बाटो काटिरहेका केही तस्बिरहरु ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend