२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

लियो क्लबद्वारा ‘अन्तर कलेज हाजिरी जवाफ’ प्रतियोगिता आयोजना

मंगलवार , फाल्गुण १३, २०८१

विराटनगर । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा ‘अन्तर कलेज हाजिरी जवाफ’ प्रतियोगिता हुने भएको छ ।

विराटनगरमा मंगलबार क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी गराएको हो ।

विराटनगरमा फागुन १६ गते हिसान मोरङको सहकार्यमा हुन लागेको अन्तर कलेज हाजिरी जवाफ प्रतियोगितामा १२ वटा निजी तथा सामुदायिक कलेजबीच प्रतिस्पर्धा हुने अध्यक्ष आर्यन बाँस्कोटाले जानकारी दिए ।

प्रतियोगितामा पोखरिया मावि, ग्रिनल्याण्ड कलेज, महेन्द्रमेमोरियल स्कुल–दुहवी, सत्यनारायण मावि, दिल्ली पब्लिक स्कुल, अर्किड कलेज (ए), अर्किड कलेज (बी), अरनिको कलेज, मेरिल्याण्ड कलेज, कान्तिपुर कलेज, शिक्षादीप कलेज र बिकेभिएम स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।

सहभागी १२ कलेजमध्ये फाइनल राउण्डमा ४ वटा कजेलबीच प्रतिस्पर्धा हुन्छ । प्रतियोगिताको विजेताले १६ हजार १ सय, उपविजेताले ११ हजार १ सय, तृतीयले ५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल, प्रमाणपत्र र गिफ्ह्याम्पर प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट