
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदुत छेन सङले बीवाईडी अटो ईन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालीले बुधबारबाट शुभारम्भ गरेको बीवाईडी हाई–टेक विक २०२५ को अवलोकन गरेका छन् ।
नेपालमा चिनियाँ दुतावासका कमर्सियल काउन्सिलर, बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस् जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंक प्रालिका चेयरम्यान अनिल श्रेष्ठ, साइमेक्स इंक प्रालिकी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ लगायत सञ्चारकर्मी र अन्य प्रतिनिधिहरुको उपस्थितिमा सो इभेन्टको शुभारम्भ गरिएको हो ।
इभेन्टको प्रमुख आकर्षणको रुपमा बीवाईडीका अत्याधुनिक सवारी साधन याङवाङ यु८ (Yangwang U8) , एफसीबी बाओ ५ (FCB Bao 5), डेन्जा जेड९जीटी (Denza Z9GT), डेन्जा डी९ (Denza D9), र बीवाईडी शार्क ६ (BYD Shark 6) सार्वजनिक गरिएको छ, जसले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्छन् । इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई पुनःपरिभाषित गर्ने गरी यी सवारी साधन अत्याधुनिक प्रगति झल्काउने सेफ्टी, पर्फमेन्स र इनोभेसनद्वारा सुसज्जित छन् ।
बीवाईडी हाई–टेक विकमा प्रदर्शन गरिएका प्रविधिहरु :
इभेन्टमा लाइभ डेमोको सिरिज नै देख्न सकिन्छ, जसमा बीवाईडीका पछिल्ला मोडल उपलब्ध छन् र यी मोडल ईभी उद्योगकै प्रमुख प्रविधिद्वारा सुसज्जित छन् ।
१. ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट
बीवाईडीको क्रान्तिकारी ब्लेड ब्याट्रीको प्रदर्शन गरिएको छ, जुन सुरक्षा र स्थायित्वका लागि अतुलनीय छ । ब्याट्री सुरक्षाका लागि बीवाईडीको प्रतिबद्धता झल्काउने गरी यसले थर्मल रनवेमा आफ्नो क्षमता देखाएको छ ।
२. ई-प्लेटफर्म ३.० को प्रस्तुति
बीवाईडीको एड्भान्स्ड ई-प्लेटफर्म ३.० प्रदर्शन गरिएको छ, जुन अप्टिमाइज गरिएको ब्याट्री क्षमता, बढी क्षमताको पावर आउटपुट र इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्ट सहित उपलब्ध छ ।
३. डेन्जा जेड९जीटी कम्पास टर्न र एक्स्ट्रिम टर्न प्रदर्शन
सानो स्थानमा पनि सहज तरिकाले चल्न सक्ने कम्पास टर्न (Compass turn) फिचर यसमा देख्न सकिन्छ । त्यसैगरी सहज र सरल तरिकाले गर्न सकिने अटोमेटिक पार्किङ देख्न सकिन्छ ।
४. एफसीबी बाओ ५ स्पिड बम्प र सस्पेन्सन टेस्ट
जस्तोसुकै सतह वा टेरेनमा पनि सुपेरियर राइड कम्फर्ट र स्टेबिलिटी पाउन सकिने बीवाईडीको इन्टेलिजेन्ट सस्पेन्सन यसले देखाएको छ ।
५. याङवाङ यु८ e4 प्लेटफर्म र डिसस-पी
यसमा क्रान्तिकारी लाग्ने ट्यांक टर्न फिचर पाउन सकिन्छ, जुन e4 प्लेटफर्मबाट संचालित हुन्छ । यसले सुपेरियर अफरोड पर्फमेन्सका लागि ह्विल कन्ट्रोल सुविधा उपलब्ध गराउछ ।
त्यसैगरी डिसस पी इन्टेलिजेन्ट च्यासिस कन्ट्रोल सिस्टम प्रदर्शन गरिएको छ, जसले एक्स्ट्रिम कन्डिसनमा पनि स्टेबिलिटी र एडेप्टिबिलिटी उपलब्ध गराउँछ ।
फेब्रुअरी २७ बाट प्रारम्भ हुने बीवाईडी हाई–टेक विक आगामी मार्च २ सम्म चल्ने छ । प्रत्येक दिन तीन फरक चरणमा विभिन्न क्रियाकलाप हुनेछन् ।
-पहिलो चरण : ११ देखि १२.३० बजे सम्म
-दोस्रो चरण : १.३० देखि ३.०० बजे सम्म
-तेस्रो चरण : ४.०० बजे देखि ५.३० बजे सम्म
बीवाईडी हाई-टेक विक २०२५ को टिकट इसेवामा उपलब्ध छ । विद्यार्थीहरुलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था हुनेछ ।
तस्बिर : अमित ठाकुर/सुनौलो नेपाल
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend