२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गरिमा विकास बैंक प्रतिष्ठित ‘दि एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स’ बाट सम्मानित

बिहिवार , फाल्गुण १५, २०८१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित ‘दि एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२४’बाट सम्मानित भएको छ ।

कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा बैंकलाई ‘विकास बैंक, क्षेत्रीय बैंक र वित्त कम्पनीमा कर्पोरेट उत्कृष्टता २०२४’ विधामा उक्त अवार्डबाट सम्मान गरिएको हो ।

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा फागुन १३ गते मंगलबार द प्लाजा, ललितपुरमा आयोजना भएको उक्त अवार्डको जुरी मेम्बरमा प्रो. डा. फत्त बहादुर के.सी. (जुरी चिफ), सशिन जोशी (विभिन्न वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका हाल अध्यक्ष, फोनपे पेमेन्ट सोलुसन प्रा.लि.), सरिता अधिकारी (पूर्व डाईरेक्टर, नेपाल राष्ट्र बैंक) र दिल भुषण पाठक (वरिष्ठ पत्रकार) रहेका थिए ।

यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पुर्याएको बैंकले जनाएको छ । साथै आगामी दिनहरुमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सवल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको बैंकको भनाई छ ।

त्यस्तै, बैंकले यस खुसीको अवसरमा बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्ने सम्पूर्ण ग्राहक, शेयरधनी, सरोकारवाला, नियमनकारी निकाय एवं शुभचिन्तकहरुमा कृतज्ञतासमेत व्यक्त गरेको छ ।

हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटिएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट