२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तस्बिरमा हेर्नुहोस् ठेक्का रद्द गरिएको धुलिखेल खावा सडकखण्डको अवस्था

शनिवार , फाल्गुण १७, २०८१

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत धुलिखेल-खावा सडकखण्डको ४ किलोमिटर सडक यात्रा गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।

घाम लाग्दा धुलाम्मे हुने र पानी पर्दा हिलाम्मे हुने यो सडकको विशेषता नै बनेको छ ।

सडक निर्माण कार्य समयावधिभित्र सम्पन्न नगर्नु र मर्मतमा सम्बन्धित निकायले ध्यान नदिनु जस्ता कारणले त्यस क्षेत्रका स्थानीयहरू वर्षौँदेखि धुलो र हिलो झेल्न बाध्य भएका छन् ।

त्यससँगै सडक डिभिजन कार्यालय भक्तपुरले सो निर्माणाधीन सडकखण्डको ठेक्का समेत रद्द गरेको छ । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले विसं २०७९ जेठ २० मा २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा ठेक्का लिएको थियो ।

ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि निर्माण सकेको थिएन । पछिल्लो वर्षदेखि उक्त सडकखण्ड निर्माण कार्य बन्द जस्तै थियो ।

हाल आएर सडक डिभिजन कार्यालयले ठेक्का रद्द गर्दा निर्माण कार्य झन् ढिला हुने भएको छ ।

हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम गरिएको छ भने जिपलाइनदेखि तल खावासम्मको सडकमात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ । गत जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु गरिए पनि बर्षामा सबै बगाएर खण्डहरझैँ बनाएको थियो ।

उक्त सडकमा गुड्ने मालबहाक सवारीको भारबहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन सडक डिभिजन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना थियो । उक्त सडकका लागि २० करोड १९ लाख ४६ हजार पाँच सय रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

अरनिको राजमार्ग नेपालको लागि एक व्यावसायिक तथा पर्यटकीय राजमार्ग समेतको रूपमा रहेको छ । चीनको नाकासंगै, सिन्धुपाल्चोक, दोलखा, रामेछापलाई यही राजमार्गले राजधानीसँग जोडेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ