
काठमाडौँ । विद्यालय शिक्षाको गुणस्तर सुधार्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि शैक्षिक मेला आयोजना गरेको छ ।
राष्ट्रिय सभा गृहमा शुक्रबारदेखि सुरु भएको मेला शनिबारसम्म सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। मेलामा विद्यार्थीका सीप र सिर्जनात्मक क्षमताको प्रदर्शन शिक्षण नवप्रवर्तन तथा विद्यालय पूर्वाधार र शिक्षक विकासका कार्यक्रम प्रस्तुत गरिएको छ।
नेपाल भाषाको सिकाई प्रविधि मौलिक संस्कृति भेषभुषा झल्काउने प्रदर्शनी मौलिक मादन तथा गायन प्रस्तुति समावेश गरिएको छ ।
विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरूबाट विद्यार्थीमा परेको प्रभाव यसबाट उनीहरुले सिकेका ज्ञान र शिपहरुको प्रस्तुति तथा प्रदर्शनका लागि मेला आयोजना गरिएको हो।
महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२९ जना विद्यार्थी र ५२४ वटा संस्थागत विद्यालयमा २ लाख १०,९३४ जना गरी दुई लाख ७२,२६३ जना विद्यार्थी अध्ययनरत छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend