२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रास्वपाले भन्यो : ‘मोहन थापाले जिम्मेवारीबाट हटेको निवेदन दिएर जानूभएको हो’

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्य मोहन थापाले जिम्मेवारीबाट हटेको निवेदन दिएर अमेरिका गएको बताएको छ । रास्वपाले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

रास्वपाले भनेको छ, ‘केन्द्रीय सदस्य मोहन थापा अमेरिकन इमिग्रेसनको हिरासतमा पर्नुभएको जानकारीमा आएको छ। मोहन थापाजीले यस अगावै नै आफुले केही व्यक्तिगत कानुनी प्रक्रियाहरु स्पष्ट र समाधान गर्नुछ र सो किनारा नलागेसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर जानुभएको थियो।’

केन्द्रीय सदस्य थापा अमेरिकामा पक्राउ परेका छन् । थापा अमेरिकन इमिग्रेसनको हिरासतमा रहेको पार्टीलाई जानकारी प्राप्त भएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट