मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

महालक्ष्मी विकास बैंकद्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन

महालक्ष्मी विकास बैंकद्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन

काठमाडौं । महालक्ष्मी विकास बैंकले वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न गरेको छ ।

बैंकले फागुन १५ र १६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बुढानिलकण्ठ नगरपालिका वडा नं १ तथा बुढानिलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथनको सफल आयोजना गर्दै दिगो बैंकिङप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको छ ।

बैंकका उच्च अधिकारी, कर्मचारी, र सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न यस वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्त्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्दै विशेष र्यालीको आयोजना गरेको हो ।

बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न वाकाथनका सहभागीहरू ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील मार्गहरू हुँदै अघि बढे । यस अवसरमा, हरित बैंकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि विशेष जोड दिइएको बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकले १०३ शाखाहरू संचालन गर्दै, ८००,००० ग्राहकहरूमा विश्वसनीय सेवा पुर्याइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend