
काठमाडौं । ललितपुरको टिकाथलीस्थित गोदावरी खोला नजिकै बोरिङ गरेको ठाउँमा ग्यास निस्केर लागेको आगो नियन्त्रण गरिएको छ ।
बिहान करिब ८ः३० बजेबाट सुरू भएको आगो नियन्त्रण गरिएको हो । आगो निभे पनि यो ठाउँमा ग्यास भने अझै निस्किइरहेको छ । पानीका लागि बोरिङ गर्ने क्रममा ग्यास निस्किएर आगो लागेको स्थानीयले बताए ।
करिब ९ सय फिट खनिसकेपछि ग्यास निस्किएर आगो लागेको हो ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend