२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

अमेरिकाले फर्काइदिएका नेपाली ‘सोधपुछ’का लागि प्रहरीको जिम्मामा

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौँ । आधिकारिक कागजात नभएका अवस्थामा नियन्त्रणमा लिई संयुक्त राज्य अमेरिकाले नेपाल फर्काइ दिएका आठ नेपाली नागरिकलाई थप ‘सोधपुछ’का लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

अमेरिकाको ‘चार्डट’ विमानबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरुलाई अध्यागमक प्रक्रिया पूरा गरी सोधपुछका लागि प्रहरीको जिम्ममा लगाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ ।

आठ जना नेपाली अमेरिकाको चार्टड विमानबाट काठमाडौँ फर्काइएका हुन् । अर्का एक नेपाली पनि आजै कतार एयरवेजको नियमित उडानबाट ‘डिपोर्ट’ भएर काठमाडौँ आइपुगेको विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्यालले पुष्टि गरे ।

यसअघि अमेरिकाबाट २७ नेपाली डिपोर्ट भएर फर्किइसकेका छन् । “हामीले अध्यागमन प्रक्रिया पूरा गरेर उहाँहरुलाई पठायौँ”, अधिकृत अर्यालले भने ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट