काठमाडौं । राष्ट्रिय झन्डा सहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा बृहत मोटरसाइकल र्याली गरेको छ।
बुधबार दिउसो बबरमहलदेखि सुरु भएको र्याली त्रिपुरेस्वर हुँदै नारायणहिटीसम्म र्याली आयोजना गरिएको हो ।
र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद बिक्रम पाण्डे लगायतका नेता तथा कार्यकर्ताहरू सहभागी छन् । राप्रपाले व्यवस्था परिवर्तन गर्नुपर्ने बताउँदै आएको छ ।















तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया दिनुहोस