२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चिटिक्क भरतपुरमा पर्ने ६ लेनको पूर्वपश्चिम महेन्द्र राजमार्ग (ड्रोन भ्यु)

शनिवार , फाल्गुण २४, २०८१

भरतपुर । भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ–पुलचोकदेखि टिकौली जंगल छेउको गोन्द्राङसम्म ६ किमि सडकलाई ६ लेन बनाउने काम सकिएपछि चिटिक्क देखिएको छ ।

२०७७ भदौमा सुरु भएको सडक विस्तारको काम ३ पटकसम्म म्याद थप गरि अहिले चिटिक्क बनेको हो । हालै मात्र उक्त सडकमा स्मार्ट सडक बत्तिको पनि सुभारम्भ गरिएको थियो ।

यो सडक विस्तारको लागि लागत १ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । सडकको दायाँ–बायाँ ११ दशमलव ५ मिटरको एक्सप्रेस लेन रहेको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन छ । जहाँ दुबो र बिरुवा लगाइसकिएको छ ।

एक्सप्रेस लेनको छेउमा दुवैतर्फ ठूला नाली छन् । नालीभन्दा बाहिर दुवैतर्फ ६ मिटरसम्मको सर्भिस लेन रहेको छ । सर्भिस लेनबाहिर दुवैतर्फ ३ देखि ४ मिटरको फुटपाथ रहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ