काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई लिन एयरपोर्ट पुगेको र्यालीका कारण उपत्यकाको गौशाला, चाबहिल क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त छ ।
पोखराबाट आइतबार अपरान्ह उनी त्रिभुवन विमानस्थल आइपुगेका हुन् । शाह समिट एयरको चार्टड फ्लाइटमार्फत काठमाडौँ आएका हुन् । विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरे ।
पूर्वराजाको स्वागतमा ठूलो संख्यामा समर्थकहरू विमानस्थल बाहिर जम्मा भएका थिए ।
जसका कारण सर्वसाधारणहरु हिँडेरै गन्तव्य तर्फ जान बाध्य भएका छन् ।










प्रतिक्रिया दिनुहोस