बुटवल । पूर्व गृहमन्त्री रवि लामिछानेले आफू अहिले बोल्ने अवस्था नभएको बताएका छन् ।
सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले मागेको १ करोड रुपैयाँ धरौटी रकम धेरै भएको भन्दै पुनर्विचार गर्न माग गर्दै उच्च अदालत पुगेका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै आफू अहिले बोल्ने अवस्था नभएको तर बोल्ने दिन नजिकै आएको बताएका हुन् ।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उनलाई जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी मागेको थियो । उक्त धरौटी बुझाएर उनी रिहा भएका थिए ।
उनी आजै जिल्ला अदालत रुपन्देहीमा पनि हाजिर हुँदैछन् ।
प्रतिक्रिया दिनुहोस