२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार विद्यार्थी दीक्षित हुँदै

मंगलवार , फाल्गुण २७, २०८१

बेलबारी (मोरङ) । पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह आज हुँदैछ ।

दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित हुने सो विश्वविद्यालयका सूचना अधिकारी टेकप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आउँदै छन् ।

सूचना अधिकारी अधिकारीका अनुसार कला सङ्कायतर्फ २०४, कानुनतर्फ ४९७, शिक्षाशास्त्र सङ्कायतर्फ ९०६, व्यवस्थापन सङ्कायतर्फ दुई हजार २४९, चिकित्साशास्त्र सङ्कायतर्फ दुई हजार १९८, विज्ञान तथा प्रविधि सङ्कायतर्फ ६५४ तथा इन्जिनियरिङतर्फ एक हजार ४४२ विद्यार्थी दीक्षित हुने छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट