२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

कोशी प्रदेश प्रमुख खापुङ्गद्धारा पाँच वटा विधेयक प्रमाणिकरण

बिहिवार , फाल्गुण २९, २०८१

विराटनगर ।

कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाले पारित गरेका पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

खापुङ्गले कोसी प्रदेश सभाबाट पारित भई आएको विधेयकहरू नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम सभामुखबाट प्रमाणित गरी पेस हुन आएको देहाय बमोजिमको विधेयकहरू नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बिहिबार प्रमाणीकरण गरेका हुन् ।

प्रदेश सभाबाट पारित भई प्रदेश प्रमुख समक्ष पुगेको प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक, २०८१, प्रदेश बीउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१, प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ र कोसी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ प्रमाणीकरण भएको कोसी प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट