२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

शनिवार , चैत्र १, २०८१

टेक्सस । अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ । टेक्सास राज्य संसद्को प्रतिनिधिसभाको १३ मार्च बिहीबार सम्पन्न बैठकले ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ को मान्यता दिने सङ्कल्प प्रस्ताव ५३० पारित गर्दै उक्त घोषणा गरेको हो । उक्त सङ्कल्प प्रस्ताव पारित भएपछि टेक्सस राज्य संसद्बाट ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ ले औपचारिक मान्यता पाएको छ ।

‘नेपाली लुम्बिनी एड्भोकेसी डे’सम्बन्धी प्रस्ताव पाकिस्तानीमूलका टेक्ससका राज्य सांसद सुलेमान लालानीले संसद् बैठकमा पेस गरेका थिए । उक्त प्रस्ताव संसद् बैठकबाट पारित हुँदा अमेरिका भ्रमणमा रहेका नेपालको लुम्बिनी सर्किटअन्तर्गत पर्ने पाँच वटा नगरपालिकाका मेयरहरू पनि उपस्थित रहेका थिए ।

प्रस्तावमा लुम्बिनीलाई बौद्धधर्मका लागि एक अत्यन्त पवित्रस्थल भएको भन्दै सिद्धार्थ गौतमको जन्मस्थलको रूपमा मान्यता प्राप्त रहेकोमा विशेष जोड दिइएको छ । यस क्षेत्रलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको तथा बौद्ध धर्मावलम्बीको प्रमुख आध्यात्मिक गन्तव्य रहेको उल्लेख गरिएको छ ।

टेक्सासको ८९ औँ संसद्को प्रतिनिधिसभाले मार्च १३, २०२५ लाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ को रूपमा औपचारिक मान्यता दिएको र लुम्बिनीको प्रचार प्रसारको लागि भ्रमण गर्ने नेपाली मेगरहरुको प्रतिनिधिमण्डललाई हार्दिक स्वागत गर्ने समेत सङ्कल्प प्रस्तावमा उल्लेख गरिएको छ ।

लुम्बिनी सर्किटअन्तर्गतका पाँचवटा नगरपालिकाका मेयरहरूसहितको प्रतिनिधिमण्डल अमेरिकाको टेक्ससमा रहेको अवसरमा गैरआवासीय नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष तथा पर्यटन विभागमा प्रमुख नेत्र पाण्डे, नागरिक अगुवा प्रभात दीक्षितले उक्त सङ्कल्प प्रस्ताव पारित गराउन पहल गरेका थिए ।

नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले हरेक वर्ष १३ मार्चमा टेक्सस राज्यमा नेपाली समुदायको तर्फबाट ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ मनाइने गैरआवासीय नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष तथा पर्यटन विभागमा प्रमुख नेत्र पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट