काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन्।
चापागाईंले सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष राजीनामा पत्र बुझाएका हुन्। चापागाईं २०८१ चैत १९ गते नेप्सेको सीईओमा नियुक्त भएका थिए।
सरकारले हालै अध्यादेशमार्फत विभिन्न नियामक निकायका पदाधिकारीलाई पदमुक्त गरेकाे थियाे । संस्थान तथा सार्वजनिक निकायका प्रमुखहरूलाई पनि पद छाड्न स्वतह: दबाब परेपछि उनकाे राजीनामा आएकाे हाे ।
नेप्से स्राेतका अनुसार पछिल्ला समय चापागाईंका निर्णय विवादरहित थिएनन् ।
उनले चिया विकास निगमसँग बुक बिल्डिङ विधिमार्फत प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि सम्झौता गरेका थिए । उक्त विषयमा सञ्चालक समितिले चापागाईंसँग स्पष्टीकरण समेत मागेको थियो।
स्पष्टीकरणका साथसाथै उनले राजीनामा दिएकाे अर्थ मन्त्रालय स्राेतकाे भनाई छ ।
प्रतिक्रिया दिनुहोस