सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी क्यालेन्डर २०८२” को डिजिटल संस्करण सार्वजनिक

महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी क्यालेन्डर २०८२” को डिजिटल संस्करण सार्वजनिक

काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी क्यालेन्डर २०८२” को डिजिटल संस्करण बैंकको केन्द«ीय कार्यालय, दरबारमार्गमा आज आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्धेश्य अनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको हो । महत्वपुर्ण चाडपर्वहरु, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंगे्रजी संवतको मितिहरु लगायतका सम्पूर्ण विषयवस्तुहरु डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ ।

नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरुको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरुको संस्कृतीलाई सम्र्बद्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

महालक्ष्मी क्यालेन्डर २०८२ यस बैंकको आधिकारिक वेभसाइट मार्फत वा तल उल्लेखित लिंक मार्फत हेर्न–डाउनला्ड गर्न सकिनेछ ।

https://www.mahalaxmibank.com/assets/backend/uploads/Calendar/table%20calendar%20without%20bleed%20small%20208211.26%20aa.pdf

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend