सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

आज २०८१ साल चैत ४ गते सोमबारको राशिफल

आज २०८१ साल चैत ४ गते सोमबारको राशिफल

मेष : साथीले असहयोग गर्दा काम नबन्ने जोखिम छ। आम्दानी भन्दा खर्च बढ्नेछ। व्यापारमा घाटा हुने भएकाले लगानी नगर्नु उचित हुनेछ।

वृष : बोल्दा सचेत बन्नुपर्नेछ। बोल्नै परे परोपकारमा बोली खर्च गर्नु उचित हुन्छ। व्यापारमा घाटा हुने भएकाले लगानी नगर्नु उचित हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

मिथुन : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारले भन्दा बाहिरका साथीले सहयोग दिनेछन्।

कर्कट : साना कुराले मन अशान्त बन्नसक्छ। परिवारमा झन्झट आइपर्ने जोखिम छ। साथीभाइसँगको कारोबारमा फाइदा हुनेछ। प्रेम सम्बन्धमा भने खटपटी बढ्ने जोखिम छ।

सिंह : संयुक्त लगानीबाट फाइदा हुनेछ। परिवारको साथमा आयोजना भएको घुमघाम रमाइलो बन्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। काम गर्दा एकल निर्णय लिनु भन्दा सल्लाह गरेमा फाइदा हुनेछ।

कन्या : डुब्न लागेको सम्पत्ति हात लाग्ने दिन छ। साथीको साथ मिल्नेछ। सोचेको काम बन्नेछ। स्वास्थ्यले साथ दिन मन शान्त बन्नेछ। परिवारमा कर्तव्यमा सीमित हुँदा फाइदा हुनेछ।

तुला : तपाईंको प्रतिभा प्रदर्शन गर्ने दिन छ। शिक्षामा गरेको लगानीबाट सन्तोषजनक नतिजा प्राप्त हुनेछन्। परिवारले भन्दा बाहिरका व्यक्तिको प्रशंसा सुन्नुपर्नेछ। साथीको साथ मिल्नेछ।

वृश्चिक : दिन सामान्य छ। सोचेका काम अधुरा हुनेछन्। सभा र सम्मेलनमा थोरै बोलेर अगाडि बढ्नुहोला। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ भने प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ। परिवारमा अरुको नेतृत्व स्वीकार्य नहुने जोखिम छ।

मकर : सञ्चित धन खर्च हुनेछ। व्यापारमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ। एकल भन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। विपक्षी साथीबाट सहयोग प्राप्त हुनेछ।

कुम्भ : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। आफूभन्दा ठुला व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन शान्त बन्नेछ।

मीन : आम्दानी भन्दा खर्च बढ्ने दिन छ। सहकार्यमै रहेका साथी तपाईंको बोलीका कारण टाढा पुग्नेछन्। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend