२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

२०औं राष्ट्रिय महिला कबड्डी च्याम्पियनसिपको प्रायोजनमा फर्चुना हेल्थकेयर प्रालि

सोमवार , चैत्र ३, २०८१

काठमाडौं । फर्चुना हेल्थकेयर प्रा लिले २०औं राष्ट्रिय महिला कबड्डी च्याम्पियनसिपको प्रायोजन गरेको छ ।

एनपीएल २०२४ मा लुम्बिनी लायन्सलाई प्रायोजन गरी सफलता पाएको फर्चुना हेल्थकेयर प्रा.लिले नेपालमा खेलकुदको विकास र महिला सशक्तीकरणलाई प्रोत्साहन गर्न अर्को कदम चालेको हो ।

यस वर्ष फर्चुना हेल्थकेयर प्रा. लि.ले अखिल नेपाल कबड्डी संघद्वारा आयोजित २०औं राष्ट्रिय महिला कबड्डी च्याम्पियनसिपको आधिकारिक प्रायोजक बन्न पाउँदा गर्व महसुस गरेको जनाएको छ ।

यस प्रायोजनमार्फत कम्पनीले नेपाली महिला खेलाडीहरूलाई अझ प्रेरित गर्ने, खेलकुदमा लैंगिक समानता बढाउने र नेपालमा कबड्डी खेलको विकासमा योगदान दिने लक्ष्य राखेको छ।

“हामी खेलकुदले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने विश्वास गर्छौं। एनपीएल २०२४ मा लुम्बिनी लायन्सलाई समर्थन गरेपछि, अब महिलाहरूका लागि पनि केही गर्नु आवश्यक ठान्यौं,” फर्चुना हेल्थकेयर प्रा लिका प्रबन्ध निर्देशक ईश्वर जीसीले भने “महिला खेलाडीहरूलाई सहयोग गर्नु भनेको उनीहरूलाई अवसर प्रदान गर्नु मात्र होइन, आगामी पुस्ताका लागि प्रेरणादायी व्यक्तित्वहरू सिर्जना गर्नु पनि हो।”

विश्व स्वास्थ्य संगठनका मापदण्डहरू र जीएमपी मोड्युलहरू अनुसार नेपालमै पहिलो चिकित्सा उपकरण निर्माण गर्ने कम्पनीका रूपमा फर्चुना हेल्थकेयर प्रा लिले अखिल नेपाल कबड्डी संघसँग मिलेर यो महत्वपूर्ण अभियानलाई समर्थन गर्न पाउँदा गर्व महसुस गरेको जनाएको छ ।

फर्चुना हेल्थकेयर प्रा लिले सबै २५ खेलहरूमा प्लेयर अफ द म्याचलाई समर्थन गर्दै पुरस्कार प्रदान गरेर खेलाडीहरूलाई प्रेरित गरेको छ। यस पहलले प्रतिभा पहिचान गर्ने र खेलाडीहरूलाई आफ्नो क्षमता अभिवृद्धि गर्न उत्साहित गर्ने प्रतिवद्धतालाई प्रतिबिम्बित गर्छ। प्रतियोगिताको फाइनलमा एपीएफ टोलीले नेपाली सेना टोलीलाई पराजित गर्दै उपाधि जितेको छ।

फर्चुना हेल्थकेयर प्रा लिविश्व स्वास्थ्य संगठनका मापदण्डहरू र जीएमपी मोड्युलहरू अनुसार नेपालकै पहिलो चिकित्सा उपकरण उत्पादन गर्ने कम्पनी हो, जसले सिरिन्ज,

कपास, ग्लोब्स, आईभी क्यानुला, लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री उत्पादन गर्छ। समाजमा सकारात्मक प्रभाव पार्ने लक्ष्यका साथ कम्पनीले नवीन प्रविधि र सामाजिक उत्तरदायित्वलाई अगाडि बढाइरहेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट