शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

मुक्तिनाथ विकास बैंकद्धारा कञ्चरपुरमा बैशाखीवितरण कार्यक्रम सम्पन्न

मुक्तिनाथ विकास बैंकद्धारा कञ्चरपुरमा बैशाखीवितरण कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चरपुरमा अपाङ्गता संरक्षण नेपाल संस्थासँगको साझेदारीमा शरीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने बैशाखी वितरण गरेको छ ।

देशभरबाट शारीरिक अपाङ्गता भएका व्यक्तिहरुबाट आफ्ना दैनिक कार्य गर्न असहज भएकाले बैशाखी तथा सेतो छडीको आवश्यताका लागि उक्त संस्थामा निकै निवेदन आउने गरेको र उक्त संस्थाको समन्वयमा बैंकले बैशाखीहरु वितरण गरेको हो । उक्त सहयोगबाट उनीहरुको दैनिक जीवनमा राहत पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले हालै ‘मोवाईल एक फाइदा अनेक’ लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याएको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend