बिहिबार, चैत्र १४ २०८१

बिहिबार, चैत्र १४ २०८१

हुन्डाईको क्रेटा ईभी नेपालमा सार्वजनिक, मूल्य ५१ लाखमाथि

हुन्डाईको क्रेटा ईभी नेपालमा सार्वजनिक, मूल्य ५१ लाखमाथि

काठमाडौं ।दक्षिण कोरियाली गाडी निर्माता हुन्डाईको बहुप्रतीक्षित विद्युतीय सवारी ‘क्रेटा ईभी’ नेपालमा सार्वजनिक भएको  छ ।

नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सोमबार काठमाडौंमा क्रेटा ईभी र क्रेटा आइसीइ (मेड इन नेपाल) सार्वजनिक गरेको हो ।

नेपाली बजारमा चार रङमा उपलब्ध क्रेटा ईभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकिएको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।

क्रेटा ईभी चार भेरिएन्टमा उपलब्ध गराइएको छ । क्रेटा ईभी एक्जिक्युटिभको ५१ लाख ९६ हजार, क्रेटा ईभी स्मार्टको ५४ लाख ९६ हजार, क्रेटा ईभी स्मार्ट (०) को ५६ लाख ९६ हजार र क्रेटा ईभी प्रिमियमको ५९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

हुन्डाई क्रेटा ईभीमा ५१.४ किलोवाट आवरको ब्याट्री छ । क्रेटा ईभीको रेन्ज फुलचार्जमा ४ सय ७३ किलोमिटर हुने कम्पनीको दाबी छ ।

हुन्डाईको यसअघिको ईभी कोना गाडीमा प्रयोग भएको १ सय किलोवाटको मोटर रहने छ भने क्रेटा ईभीले ७.९ सेकेन्डमा शून्यबाट १ सय किलोमिटर प्रतिघण्टाको गति भेट्न सक्छ ।

यसमा १०.२५ इन्चको डुअल स्क्रिन, प्रिमियम साउन्ड सिस्टम, भेन्टिलेटेड र पावर फ्रन्ट सिट, लेभल २ एडास सिस्टम, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, डिजिटल की, इलेक्ट्रिक टेलगेट जस्ता फिचर छन् ।

हुन्डाईका अनुसार यो ईभीमा गियर सेलेक्टर पनि स्टेयरिङमै हुन्छ । यस्तै यसको अटोमेटिक फिचर अन्तर्गत भ्वाइस एक्टिभेटेड पानारोमिक सनरुफ पनि छ । क्रेटा ईभीमा भेहिकल टु लोड (भीटूएल) सुविधा पनि उपलब्ध ेछ । यसको इन्टेरियरमा लक्जरी फिचर देखिएको छ ।

हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले यसअघि हुन्डाईको प्रिमियम ईभी ‘आयोनिक ५’ को दुई वटा भर्सन र कोनाको दुई वटा भर्सन नेपाल ल्याइसकेको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend