
काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले भैरहवा शाखामा आयोजित एक विशेष कार्यक्रमकाबीच सुनकर्जा सेवा शुभारम्भ गरेको छ ।
बैंकका सञ्चालक राहुल अग्रवाल र प्रदेश प्रमुख तथा शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा शुभारम्भ गरिएको हो ।
बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले सुन कर्जा सेवा प्रारम्भ गरेको जनाएको छ । ग्राहकहरूले न्यूनतम ब्याजदर, छिटो प्रक्रिया तथा सहज सुविधाका साथ भैरहवा शाखाबाट सुन कर्जा प्राप्त गर्न सक्ने छन् ।
सुन कर्जा सेवाले ग्राहकहरूलाई आपतकालीन वित्तीय आवश्यकताहरू पूरा गर्न सहयोग गर्नेछ । कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिवद्धतासहित यो सेवा भैरहवा शाखाबाट सुरु गरिएको बैंकले जनाएको छ ।
बैंकको यस सेवाले ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने विश्वास व्यक्त गर्दै भविष्यमा समेत ग्राहकहितमा केन्द्रीत रही बिभिन्न नविनतम् सेवाहरू उपलब्ध गराउने योजना रहेको उल्लेख गरेको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा समेत ल्याएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend