२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

टी-२० आई शृङ्खलाः नेपालले पायो एक सय ७५ रनको लक्ष्य

आइतवार , चैत्र ३०, २०८१

काठमाडौ । हङकङमा जारी चारदेशीय टी-२० आई शृङ्खलाअन्तर्गत फाइनल खेलमा कुवेतले नेपाल सामु जितका लागि एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रन बनाएको हो ।

कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा छ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाए । क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए भने अन्य खेलाडीले दोेहोरो अङ्कमा रन जोेड्न सकेनन् ।

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुई\दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एक\एक विकेट हात पारे । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट