बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

नेपाल कुवेतसँग ३ रनले पराजित

नेपाल कुवेतसँग ३ रनले पराजित

काठमाडौं । बसिर अहमदले सानदार ब्याटिङ गर्दै ८० रन बनाएपनि नेपाल हङकङ टी-२०आई सिरिजको फाइनलमा कुवेतसँग ३ रनले पराजित भएको छ ।

१७५ रनको बलियो लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गर्दै ९२ रनमा आठ विकेट गुमाएको थियो । हारको संघारमा पुगिसकेको टिमलाई बसिरले १० औं नम्बरमा आएका नन्दन यादवको सहयोगमा चामत्कारिक उद्दार गर्दै जित नजिक पुर्याएका थिए ।

नेपाललाई अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको थियो । पहिलो बल नै नोबल भयो र त्यसमा बसिरले छक्का हाने । एक बलमा सात रन आएपछि नेपाललाई ५ बलमा ४ रन मात्र चाहिएको भएपनी जित भने हात पार्न सकेन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend