२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नेपाल कुवेतसँग ३ रनले पराजित

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । बसिर अहमदले सानदार ब्याटिङ गर्दै ८० रन बनाएपनि नेपाल हङकङ टी-२०आई सिरिजको फाइनलमा कुवेतसँग ३ रनले पराजित भएको छ ।

१७५ रनको बलियो लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गर्दै ९२ रनमा आठ विकेट गुमाएको थियो । हारको संघारमा पुगिसकेको टिमलाई बसिरले १० औं नम्बरमा आएका नन्दन यादवको सहयोगमा चामत्कारिक उद्दार गर्दै जित नजिक पुर्याएका थिए ।

नेपाललाई अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको थियो । पहिलो बल नै नोबल भयो र त्यसमा बसिरले छक्का हाने । एक बलमा सात रन आएपछि नेपाललाई ५ बलमा ४ रन मात्र चाहिएको भएपनी जित भने हात पार्न सकेन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट