
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशको अर्थतन्त्र चलायमान बनाउन सरकारले गहन रुपमा काम गरिरहेको बताएका छन् ।
मंगलवार ललितकला मेला २०८२ को उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन। उनले सबै कुरामा निराश भएर मात्रै नहुने भन्दै अघि बढ्दै जाँदा प्रदर्शनका लागि भव्य प्रदर्शन स्थलहरु बन्ने बताए । उनले भौतिक रुपमा पनि संरचनाहरुलाई दर्विलो गरी निर्माण गर्ने प्रतिवद्धता जनाए । उनले अहिले देशको अर्थतन्त्र अफ्ठ्यारो स्थितिमा रहेको उल्लेख गर्दै देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने जिम्मेवारी रहेको जिकिर गरे । उनले अर्थतन्त्र चलायमान बनाएसँगै भौतिक संरचना र हाम्रा नविन कार्यक्रम दिनुपर्ने उत्तरदायित्व रहेको बताए ।
मन्त्री पाण्डेले भने, ‘सबै कुरामा हामी निराश भएर मात्रै हुँदैन । हामीले अघि बढ्दै जाँदा कुनै दिन हाम्रा भव्य प्रदर्शन स्थलहरु हुनेछन् । हामीले भौतिक रुपमा पनि हाम्रा संरचनाहरुलाई दर्विलो गरी निर्माण गर्नेछौँ । इक्षाशक्तिका दृष्टिकोणले पनि कलाकारितामा ल्याउने परिष्कृतताको दृष्टिकोणले पनि उचाई प्राप्न गर्नेछौँ । हामी अफ्ठ्यारो अवस्थामा छौँ । तीन वटा प्रतिष्ठानहरुमा नेपाल प्रज्ञा प्रतिष्ठान बाहेक यि दुई वटा प्रतिष्ठानहरुले धेरै ठूलो संघर्ष व्यहोरिरहनुभएको छ । देशको अर्थतन्त्र उठाउनुपर्ने, देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने, चारैतिरबाट अर्थतन्त्र चलायमान बनाइ, बलियो बनाइ हाम्रा भौतिक संरचना र हाम्रा नविन कार्यक्रम दिनुपर्ने उत्तरदायित्व हाम्रो काँधमा छ । त्यो दिशामा सरकारले मसिनो ढंगले मेहनत र प्रयास गरिरहेको छ । त्यसको प्रतिफल बिस्तारै प्राप्त गर्दै जानेछौँ ।’
मन्त्री पाण्डेले साहित्य, संगीत र कला मानव जातिको विशिष्टता भएको उल्लेख गरे । उनले साहित्य, संगीत र कलाको महत्व बुझेर अघि बढ्न जरुरी रहेको बताए । उनले साहित्य, संगीत र कलाले आफ्नो भित्रको अन्तरचेतनालाई जगाउने बताए। मन्त्री पाण्डेले समाजलाई जगाउने कुरा कलाकारिता भएको बताए । समाजलाई सही बाटोमा डो¥याउन कलाकारिताको भुमिका महत्वपूर्ण हुने बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend