२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

वीरगन्जमा सामाजिक सद्भाव कायम गर्न मुख्यमन्त्रीको आग्रह

बुधवार , बैशाख ३, २०८२

वीरगन्ज, पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले हनुमान जयन्तीका अवसरमा भएको द्धन्द्धका कारण उत्पन्न भएको विषम परिस्थितिमा सामाजिक सद्भाव कायम गर्न आह्वान गरेका छन् ।

हनुमान जयन्तीका अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा तनाव सृजना गरी हिंसा भड्काउन भएका दुष्प्रयास र त्यसपछि विकसित घटनाक्रमका विषयमा सारोकार भएकासँग छलफल गरी जनजीवनलाई सहज तुल्याउन सम्बद्ध प्रशासनिक तथा प्रहरी अधिकारीहरूको निरन्तर सम्पर्क भइरहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले आज प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन ।

“समाजका सबै धार्मिक, सांस्कृतिक तथा जातीय समुदायबीच एकअर्काप्रति सम्मान र भाइचाराबाट मात्र शान्ति एवं सहिष्णुता कायम हुनसक्ने भएकाले साम्प्रदायमा अशान्ति, हिंसा फैलाउने कार्यमा संलग्न जोसुकैलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देश गर्नुभएको छ”, प्रेस विज्ञप्तिमा भनिएको छ, “वीरगन्जमा सामाजिक सद्भाव र सहिष्णुता सुनिश्चित गर्न राजनीतिक दल, नागरिक समाज र प्रहरी प्रशासनलगायतबाट भएका गम्भीर र अर्थपूर्ण प्रयासको सराहना गर्दछु ।”

मुख्यमन्त्री सिंहलाई उद्धृत गरेर जारी प्रेस विज्ञप्तिमा देशको औद्योगिक नगरी वीरगन्ज धार्मिक तथा सांस्कृतिक विविधताको दृष्टिले अतुल्य सहर रहेको र यो मधेसको शक्ति भएकाले यसलाई कुनै पनि बहानामा भङ्ग गर्ने कार्य दुःखद्, चिन्ताजनक र दुर्भाग्यपूर्ण छ ।

यसैबीच, खानेपानीमन्त्री प्रदीप यादवले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत वीरगन्जमा शान्ति सद्भाव खलल पु¥याउने, उत्तेजना फैलाउने किसिमका अभिव्यक्ति दिने, सार्वजनिक वा निजी सम्पत्तिमाथि तोडफोड गर्ने, आगो लगाउने वा अभद्रता गर्ने जोकोहीलाई दण्डित गर्न स्थानीय प्रशासनले कानुनबमोजिम काम गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट