२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बिमा क्षेत्रकै पहिलो म्युचुअल फन्ड, रिलायबल नेपालका सीईओ लोहनी भन्छन बार्षिक १७ % प्रतिफल दिन्छौ

बिहिवार , बैशाख ४, २०८२

काठमाडौँ  ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले  बीमा क्षेत्रमै पहिलोपटक म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’ ल्याएको छ।

बैशाख ३ गतेदेखि सार्वजनिक निष्काशन गरेको यो फन्डले व्यक्तिगत र संस्थागत लगानीकर्ताहरुलाई उत्कृष्ट प्रतिफल दिने कम्पनीका  प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण बाबु लोहनी दाबी गरे।

उनका अनुसार यो सामूहिक लगानी कोषमा न्यूनतम १,००० रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म लगानी गर्न सकिनेछ। यो म्युचुअल फन्ड एक महिना भित्र नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत हुनेछ। त्यसपछि दोस्रो बजारमा किनबेच गर्न सकिने उनले बताए ।

फन्ड व्यवस्थापक ‘रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल’ले यस योजना अन्तर्गत दोश्रो बजारबाट आईपिओ एफपीओ र आरक्षित सेयरहरुमा लगानी गर्नेछ। यो म्युचुअल फन्डले दश बर्षसम्म लगानीकर्तालाई उच्च प्रतिफल दिने प्रक्षेपण गरेको छ।

सीईओ लोहनीका अनुसार यो म्युचुअल फन्डले पहिलो बर्षमै ८.३२ प्रतिशत प्रतिफल दिनेछ।  भने दोस्रो वर्ष १३.४५ प्रतिशत र बाँकी वर्षहरूमा क्रमशः १०–१२ प्रतिशत हाराहारीमा प्रतिफल वितरण गरिने प्रक्षेपण गरिएको छ। अन्तिम वर्षमा भने १९.२८ प्रतिशतसम्मको प्रतिफल दिनेछ । हामीले लगानीकर्तालाई उच्च प्रतिफल दिने प्रतिवद्धता गर्छौ उनले सुनौलो नेपालसंग भने लगानी कर्ताले वार्षिक औसत प्रतिफल १७ प्रतिशत पाउने छन् ।

रिलायबल इन्स्योरेन्सका सीईओ लोहनीका अनुसार, दुई वर्षअघि कम्पनीले ल्याएको आईपीओमा १३–१४ लाख जनाले आवेदन दिएका थिए, जसमध्ये ९ लाखले सेयर प्राप्त गरेका थिए। यस फन्डमा पनि सोही किसिमको सहभागिता हुने उनको विश्वास छ।

“हामीले यो योजना ल्याउनुको उद्देश्य भनेको लगानीलाई बैंकको घट्दो ब्याजदरबाट विविधीकरण गर्दै, सेयर बजारमा सुरक्षित र योजनाबद्ध तरिकाले लगानी गर्ने हो,” लोहनी भन्छन्, “हामीले बीमा प्राधिकरण र धितोपत्र बोर्डबाट सबै स्वीकृतिहरु प्राप्त गरी फन्ड ल्याएका हौं। रिलायबलको ब्रान्ड र ट्र्याक रेकर्ड हेर्दा लगानीकर्तालाई पछुताउनु पर्दैन ।”

यो म्युचुअल फन्डको आवेदन दिने अन्तिम दिन बैशाख ७ गतेसम्म हो । यदि त्यो अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन म्याद चैत १५ गतेसम्म बढाउन सकिने व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ