२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मुक्तिनाथ विकास बैंकको वितरणययोग्य मुनाफा ६१ करोड ९५ लाख

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को  चैत्र मसान्तसम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकले उत्कृष्ट वितरणययोग्य मुनाफा गरेको छ ।

बैंकको चैत्र मसान्तसम्मको वितरणययोग्य मुनाफा ६१ करोड ९५ लाख रुपैयाँ रहेको छ । जसका अनुसार बैंकले लाभांस बाढ्न सक्ने क्षमता ८.७९ प्रतिशत रहेको देखिन्छ ।

असार मसान्तसम्मको आय–व्ययको परिक्षण गर्दा बैंकको वितरणययोग्य मुनाफा अझै माथि जाने आंकलन बैंकको छ । शेयरधनीले आकर्षक लाभांस अपेक्षा गर्न सक्ने सम्भावना देखिन्छ ।

बैंकको व्यवसाय तर्फ पनि सन्तोषजनक बृद्धि भई कर्जा लगानी ९७ अर्ब १३ करोड पुगेको छ । निक्षेप ११३ अर्ब पुगेको छ ।

मुक्तिनाथ विकास बैंकले १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ।

साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको बताएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट