२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा

मंगलवार , बैशाख ९, २०८२

काठमाडौं । ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आएका छन् ।

नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी मंगलबार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन् ।

मंगलबार बिहान एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

कार्लोसले नेपाल आउँदा खुशी लागेको बताए । ५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको टोलीबाट खेलेका थिए ।

कार्लोस शुक्रबार नै नेपाल आउने कार्यक्रम रहे पनि स्वास्थ्य अवस्थाका कारण आउन सकेका थिएन । ब्राजिलले सन् २००२ को विश्वकप जित्दा कार्लोस महत्वपूर्ण खेलाडी थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट