
काठमाडौं । ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आएका छन् ।
नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी मंगलबार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन् ।
मंगलबार बिहान एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
कार्लोसले नेपाल आउँदा खुशी लागेको बताए । ५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको टोलीबाट खेलेका थिए ।
कार्लोस शुक्रबार नै नेपाल आउने कार्यक्रम रहे पनि स्वास्थ्य अवस्थाका कारण आउन सकेका थिएन । ब्राजिलले सन् २००२ को विश्वकप जित्दा कार्लोस महत्वपूर्ण खेलाडी थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend