
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ७६औँ स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाएको छ । कम्युनिस्ट घटकहरूले छुट्टाछुट्टै कार्यक्रम गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना दिवस मनाएका छन् । स्थापना दिवसका अवसरमा आज एमालेले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गरेको छ । दिवसका अवसरमा नेपाली कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गरी ‘सेल्टर’ पुस्तक पनि सार्वजनिक गरेको छ । पुस्तकलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरुले एकसाथ सार्वजनिक गरेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend