२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

सरकारले शिक्षकहरुलाई धोका दिने काम गरिरहेको छ : सांसद् शर्मा

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले शान्तीपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरूको आन्दोलनमा सरकारले दमन गरेको भन्दै त्यसको भर्त्सना गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद् जनार्दन शर्माले शिक्षकहरूका माग सम्बोधन गर्नुको सट्टा सरकारले दमन गरिरहेको आरोप लगाएका हुन्। सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहनुभएको छ ? उनको प्रश्न छ ।

उनले पुराना ऐन र कानूनहरुको कारण संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा बाधा पुगेको उल्लेख गरे। वर्तमान सरकारले शिक्षकका मागहरु सम्बोधन गरेर जानुपर्ने बेलामा तीन वटा सरकारले गरेका सम्झौताहरु कार्यान्वयन नगर्ने र धोका दिने काम गरिरहेको आरोप सांसद् शर्माको छ ।

उनले भने, ‘शान्तीपूर्ण आन्दोलन गरिरहेका शिक्षक आन्दोलनमा सरकारले दमन गर्यो। आन्दोलन गरिरहेका शिक्षकहरुमाथि पानीको फोहोरा हान्दा दर्जनौं शिक्षकहरु घाइते हुनुभएको छ । र आज अस्पतालमा उपचार गरिरहनु भएको छ । सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहनुभएको छ रु यसको म भत्सना गर्न चाहन्छु । संविधान निर्माणसँगै हामीले नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्दथ्यो । आजको देशको आवश्यकता र समयलाई मध्यनजर गर्दै नयाँ शिक्षा ऐन बनाउनुपथ्र्यो । पुराना ऐन र कानूनहरुकै कारण आज संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनान बाधा अड्चनहरु भइरहेको छ । यस्तो बेलामा शिक्षककाम मागहरु सम्बोधन गरेर जानुपर्ने बेलामा तीन वटा सरकारले गरेका सम्झौताहरु कार्यान्वयन नगर्ने, धोका दिने काम भइरहेको छ ।’

उनले शिक्षकहरुका जायज मागहरु तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट