२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

शिक्षक आन्दोलनमा नेता खनालको ऐक्यवद्धता, शिक्षा ऐन तत्काल पारित गर्न आग्रह

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शिक्षक आन्दोलनमाथि दमन गर्नु सरकारको शिक्षाविरोधी चरित्र भएको आरोप लगाएका छन् ।

काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सोमबार ऐक्यवद्धता जनाउन आन्दोलनस्थल पुगेका पार्टीका अध्यक्ष माधव नेपालसहितका नेताहरुले शिक्षकहरुको आन्दोलनमा आफ्नो पार्टीको ऐक्यवद्धता जनाएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले शिक्षक आन्दोलन एक महिना पुग्न लाग्दासमेत शिक्षकको माग बेवास्ता गरेर दमनमा उत्रिएको सरकारको एकीकृत समाजवादीले घनघोर भत्सृना गरेको बताए । उनले शिक्षकहरुको माग तत्काल पूरा नगरे अर्को जनआन्दोलनको प्रतिक्षा गर्न सरकारलाई चुनौति दिए ।

उनले तत्काल शिक्षा ऐन पारित गरेर लागू गर्न सरकारलाई आग्रह गरे । शिक्षकको माग नसुन्नु सरकारको दिशाहिनता र अराजकताको पराकाष्ठा भएको उनको भनाइ छ ।

उनले भने, ‘शिक्षकहरुको झन्डै एक महिना पुगिसकेको आन्दोलनको मागलाई नसुनिकन जसरी तानाशाही दमनचक्रमा उभिन खोजिरहेको छ सरकार, यसको हामी घनघोर भत्सना गर्दछौँ, विरोध गर्दछौँ र शिक्षकहरु भनेको यो देशका बालबालिकाहरुलाई शिक्षित गर्ने गुरुहरु गुरुआमाहरु हो । उहाँहरुको मागलाई पहिलो प्राथमिकताका साथ यो सरकारले पूरा गर्नु पर्छ ।

अन्यथा यो भन्दा ठूलो जनआन्दोलनको प्रतिक्षामा बसोस् सरकार म यो चुनौति दिन चाहन्छु । यो सरकारको अकर्मण्यता जनविरोधी शिक्षा विरोधी चरित्र हो। यसप्रकारको चरित्रको हामी विरोध गर्छौं । र देशको शिक्षा व्यवस्थामा २०२८ सालको ऐनले अहिले पनि चालु भइरहेको छ ।

यसको सट्टा यत्रो परिवर्तन भइसक्दा पनि नयाँ ऐन ल्याउनुपर्ने कुराहरुमा सरकारले अहिले पनि ध्यान दिन नसक्नु त्यसमाथि शिक्षकहरुले योजनावद्ध किसिमले यी मागहरु पूरा गर । कमसेकम पनि शिक्षा ऐन पारित गर, लागू गर भनेर गरेको मागलाई नसुन्नु भनेको अकर्मण्ड्यता दिशाहिनताको अराजकताको पराकाष्ठा हो ।’

नेता खनालले शिक्षाको विकास गर्न कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने बताए । शिक्षामा लगानी गर्न प्रशस्था बजेट भएको बताए । आफू प्रधानमन्त्री हुँदा शिक्षामा कुल बजेटको १६ प्रतिशत लगानी गरेको भन्दै उनले त्यसपछिको कुनैपनि सरकारले त्यति बजेट शिक्षा क्षेत्रका लागि नछुट्याएको दाबी गरे ।

उनले जनताले तिरेको राजश्वलाई सही ढंगले परिचालन गर्नुपर्ने जोड दिए ।

उनले भने, ‘यो आफैमा अकर्मण्यता हो । यो देशमा शिक्षाको विकास गर्ने हो भने बजेटको २० प्रतिशत हाल्नैपर्छ । म प्रधानमन्त्री हुँदा मैले १६ प्रतिशत हालेको थिएँ तर यो उचाईसम्म अहिलेसम्म कुनै शिक्षा मन्त्री पुग्न सकेको छैन । त्यसकारणले २० प्रतिशत शिक्षामा हाल्नुपर्छ ।

बजेट नहुने भन्ने कुरै छैन, यो सारा संसारमा जनताले दिएको राजश्व छ त्यो राजश्व परिचानल ठिक ढंगले भएको छैन । भ्रष्टाचारको काण्र्डकाण्डको माला लगाउन पुगिरहेको छ सरकारलाई तर किन यसमा बजेट दिन सक्दैन ?’

नेता खनालले शिक्षकहरुको माग पूरा नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई समर्थन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट