२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

उड्डयन क्षेत्रमा भइरहेको भ्रष्टाचार नियन्त्रण र दोषिलाई कारबाही गर्न कुनै कसर बाँकी राख्दैनौँ : मन्त्री पाण्डे

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उड्डयनको क्षेत्रमा भइरहेको भ्रष्टाचार नियन्त्रण र दोषिलाई आवश्यक कारबाही गर्न कुनैपनि कसर बाँकी नराख्ने बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’माथिको सैद्धानितक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले विमानस्थल निर्माण र एयरक्राप्टसँग सम्बन्धित भ्रष्टाचारका मुद्दाहरुमा सम्बन्धीत निकायहरुले अध्ययन गरिरहेको उनको दाबी छ । उनले प्रतिवेदन आइसकेपछि गुण र दोषको आधारमा दोषिलाई कारबाही गर्न मन्त्रालय दृढताका साथ काम गर्ने बताए । उनले सौर्य एयरलाइन्सको सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रारम्भिक प्रतिवेदन आइसकेको उल्लेख गरे ।

अन्तिम प्रतिवेदन आइसकेपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को प्रावधानअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने जिकिर गरे ।

उनले भने, ‘हाम्रो नागरिक उड्डयनको क्षेत्रका धेरै सूचकहरुमा सुधार आएको छ । त्यसलाई ग्रहण गर्दै हामी थप सकारात्मक उपलब्धीका लागि दिशा पक्रिन के–के गर्नुपर्छ भन्नेकुरा पनि हामी मसिनो गरी छलफल गर्छौं । यदि कुनै विमानस्थल, एयरक्राप्टसँग सम्बन्धित भ्रष्टाचार भने सम्बन्धित निकायहरुले अहिले अध्ययन गरिरहेका छन् । प्रतिवेदन दिने क्रममा छन् ।

त्यसमा भ्रष्टाचार नियन्त्रणमा आफूले गर्नुपर्ने भुमिकामा कुनै कसर बाँकी नराखिकन भ्रष्टाचारको नियन्त्रण र अन्त गर्ने विषयमा दृढताका साथ काम गर्नेछ । सौर्य एयरलाइन्सको विषयमा प्रारम्भिक प्रतिवेदन आइसकेको छ । यसको फाइन रिपोर्ट आउन अझै केही दिन लाग्छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रोटोकलअनुसार हामीले स्टेट अफ मेलुकल्चरसँग पनि परामर्श गर्नुपर्छ । अहिले निश्पक्षताका साथ छानविन भइरहेको छ भन्ने कुरामा हामी विश्वस्त छौं । र त्यो छानविनको कुराबाट जे जे कुरा खुल्छ, हामीले जे जे गर्ने हो त्यसमा कुनै कसर बाँकी नराखिकन गुण र दोषका आधारमा दण्डित गर्ने कुरामा हामी दृढताका साथ लाग्नेछौं ।’

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनलाई थप समृद्ध बनाउको लागि सबैले मेहेनतका साथ काम गरी सहयोग गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट