२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

मुलुकमा संघीय व्यवस्थाअनुरुपको विकास निर्माण हुन सकेन : नेतृ कोईराला

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोईरालाले मुलुकमा संघीय व्यवस्थाअनुरुपको विकास निर्माण हुन नसकेको बताएकी छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन तहको सरकार भएर पनि विकासले भने गति लिन नसकेको बताइन् । उनले मुलुकको अर्थतन्त्र बलियो नभएसम्म मुलुक बलियो नहुने जिकिर गरिन् । उनले विकास गाउँबाट हुनुपर्ने उल्लेख गरिन् । उनले चीनमा विपीले परिकल्पना गर्नुभएको नगर भेट्टाएको बताइन् ।

उनले भनिन्, ‘ जबसम्म मुलुकको अर्थतन्त्र बलियो हुँदैन, तबसम्म मुलुक बलियो हुनसक्दैन । त्यसैले वीपी कोइरालाले भनेझैं गाउँबाट विकास हुनुपर्छ । भर्खरै म चीन भ्रमणमा जाँदा त्यहाँको स्थानीय तहले कसरी सरकारसँग तालमेल गरेको छ भन्नेकुरा चीनको एक नगरको भ्रमणका क्रममा आफूले देखेको र सो नगरको कार्य देखेर आपूmले विपीको परिकल्पनाको नगर भएको पाएको छु ।’

कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेस सांसद नारायणप्रकाश साउदले प्रश्न उठाउने व्यक्तिको सम्मान हुन छाडेको बताए । उनले विपी कोईराला प्रश्न सुन्नसक्ने र त्यसको जवाफ दिनसक्ने नेताको रुपमा पाएको बताए ।

उनले भने, ‘विपी कोईरालाबाट धेरै संस्कार सिक्नुपर्ने हुन्छ । उहाँले स्मरण गर्नुभयो जय वागेश्वरीमा विद्यार्थीको टोलीसँग भेटघाटका क्रममा सामान्य तरिकाबाट गाउँगाउँबाट आएकाहरुसँग भेटघाट र सवाल जवाफ गर्नसक्ने व्यक्ति हुनुहुन्थ्यो । जब जनमत संग्रह हारेसँगै उहाँले राजाले चुनाव घोषणा गरिसकेपछि उग्र प्रतिक्रिया नदिएको र उहाँ राजनीतिको सुक्ष्म अध्ययन गर्नसक्ने व्यक्तित्व हुनुहुन्थ्यो ।’

साउदले प्रजातन्त्र प्राप्तिपछि कांग्रेसले गरेको सरकार सञ्चालनका समयमा मुलुकको भविष्यको चिन्तनसहितका कार्यक्रम ल्याउन नसकेको स्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट