२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

‘भन्सार विधेयक’ प्रतिनिधि सभाबाट बहुमतले पारित

मंगलवार , बैशाख १६, २०८२

काठमाडौं । ‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।

सभाको मंगलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । मंगलबार विधेयकमाथिको सैद्धानितक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

सो प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् । विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार बिन्दुहरुमा रहेको बेथिति हटाउनको लागि भन्सारसम्बन्धी कानूनलाई संशोधन एवं एकीकरण गर्नको लागि विधेयक ल्याइएको बताए ।

उनले भन्सार नाकामा राजश्व चुहावट, अनियमितता र व्यापारीहरु पीडित नबनुन् भन्ने नै विधेयकको मुख्य उद्देश्य रहेको बताए । उनले विधेयकलाई समृद्ध बनाउनको लागि सुझाव दिने सांसदहरुलाई धन्यावाद समेत दिए ।

उनले भने, ‘भन्सार बिन्दुहरुमा बेथिति नहोस् । त्यहाँ हाम्रो राजश्वमा चुहावट नहोस् र अनियमितता नहोस् र व्यापारीहरु पीडित नबनुन् भन्ने कोणबाट सुझावहरु आएका छन् । भन्सारलाई उपकरण र स्रोत साधनको दृष्टिकोणले प्रभावकारी कोणबाट समेत प्रभावकारी बनाइयोस् भनेर पनि सुझाव दिनुभएको छ । यी सबै सुझावहरुको लागि म सबै माननीयज्युहरुलाई धन्यवाद भन्न चाहन्छु ।’

विधेयकले कानूनको रुप लिएसँगै राजश्व चुहावटमा कमी आउनुका साथै भन्सार व्यापार सहज हुने मन्त्री पौडेलको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट