२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

त्रिवेणी राइसले सार्वजनिक गर्यो अमृतभोग बासमती चामल

मंगलवार , बैशाख १६, २०८२

काठमाडौं । त्रिवेणी राइस इन्डस्ट्री प्रालिले आफ्नो नयाँ प्रिमियम उत्पादन अमृतभोग बासमती चामल नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले गत शुक्रबार (वैशाख १२) काठमाडौंमा कार्यक्रम गरी चामल सार्वजनिक गरेको हो । जसमा ३५० भन्दा बढी डिलर अधिकारीको उपस्थिति थियो ।

अध्यक्ष वीरेन्द्रकुमार संघइ र निर्देशक साकेत संघइले संयुक्त रूपमा चामल सार्वजनिक गरेका हुन् । त्रिवेणी राइस इन्डस्ट्रीले ०८० कात्तिक ९ गतेदेखि औपचारिक उत्पादन सुरु गरेको हो । यसको फ्याक्ट्री वीरगन्जमा रहेको छ ।

'हामी २० केजीको अमृतभोग बासमती चामललाई प्रारम्भिक मूल्य दुई हजार ८५१ रुपैयाँमा ल्याउँदा अत्यन्त खुसी छौं, जुन हाल बजारमा तीन हजार २०० सम्ममा पाइन्छ,' निर्देशक संघइले भने, 'गुणस्तरमा कुनै सम्झौता नगरी ग्राहक आकर्षित गर्ने उद्देश्यले यो मूल्य निर्धारण गरिएको हो । अघिल्ला उत्पादनहरू जस्तै यो बासमती चामलले पनि डिलर र ग्राहकहरू दुवैको मन जित्नेमा हामी विश्वस्त छौँ ।'

कम्पनीको गुणस्तर प्रतिबद्धतालाई अझ जोड दिँदै अर्का निर्देशक शुभम खण्डेलवालले त्रिवेणी राइस इन्डस्ट्रीमा उच्च प्रविधियुक्त मेसिनहरूको प्रयोग गरिएकाले चामल कीटाणुरहित र सफा हुने गरेको जानकारी दिए ।

कम्पनीले अमृतभोग जिरा मसिनो चामल, अमृतभोग सोना मन्सुली चामल, नित्या जिरा मसिनो चामल, नित्या सोना मन्सुली चामल र अमृतभोग सोना मन्सुली चामलजस्ता उत्पादन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ