काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.४२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
यस कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समिति बैठकले ८ प्रतिशत बोनस सेयर र ०।४२१ नगद लाभांश (कर तिर्न) घोषणा गरेको हो । सो प्रस्ताव नेपाल बिमा प्राधिकरण र यस कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
प्रभु महालक्ष्मीको चुक्ता पुँजी हाल ४ अर्ब ७२ करोड रुपैयाँ छ। इन्सुरेन्सले आव २०७९/८० को नाफाबाट १०.५३ प्रतिशत लाभांश घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस