२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सरकारले भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । सरकारले विगतमा विभिन्न सरकारद्वारा घोषण गरिएका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने भएको छ ।

शुक्रबार सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीत तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । सरकारले विकास निर्माणका क्रममा देखापरेका कमी, कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति, संस्कृति फर्ने जनाएको छ ।

साथै परियोजनालाई वर्गीकरण गरी आर्थिक वर्ष ०८२—०८३ मा सम्पन्न हुने र यस संसदको अवधिभित्र सम्पन्न हुनेगरी समयतालिका निर्धारण गर्ने भएको छ । निर्माणाधिन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक श्रोतको आँकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगत गर्ने । त्रुटीपूर्ण परियोजना खारेज समेत गर्नेछ ।

उनले भने, ‘विकास निर्माणका क्रममा देखापरेका कमी, कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति, संस्कृति फर्ने । विगतमा विभिन्न सरकारद्वारा घोषण गरिएका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने । परियोजनालाई वर्गीकरण गरी आर्थिक वर्ष ०८२—०८३ मा सम्पन्न हुने र यस संसदको अवधिभित्र सम्पन्न हुनेगरी समयतालिका निर्धारण गर्ने । निर्माणाधिन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक श्रोतको आँकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगत गर्ने । त्रुटीपूर्ण परियोजना खारेज समेत गर्ने ।’

सरकारले विद्यालय शिक्षामा देखिएका चुनौतिहरु समाधान गर्न नीतिगत तथा कानूनी प्रवन्ध गर्ने भएको छ । विश्वविद्यालय शिक्षालाई ज्ञान, अनुसन्धान तथा विकासतर्फ केन्द्रित गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार