२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

टियु क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रुपान्तरण गरिने

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । सरकारले त्रिभूवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्ने घोषणा गरेको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले रङ्गशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानूनी व्यवस्था मिलाइने बताए ।

खेलकुदलाई नीजिक्षेत्रका संस्थागत, सामाजिक र उत्तरदायित्वसँग जोडिने उनको भनाइ छ ।

उनले अन्तर्राष्ट्रिय पदकप्राप्त खेलाडी र उनीहरुका सन्ततिहरुलाई अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था मिलाइने समेत बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट