२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

क्रिकेटर आदिल आलमको प्रतिबन्ध फुकुवा

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले स्पट फिक्सिङको आरोपमा प्रतिबन्धित क्रिकेट खेलाडी आलमको प्रतिबन्ध आइतबार २१ गतेदेखि फुकुवा गरेको हो ।

२०७९ पुस ९ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुर, काठमाडौंमा क्यानले आयोजना गरेको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगितामा स्पट फिक्सिङको आरोप लागेका आलमलाई एन्टी करप्सन कोड बमोजिम कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाइएको थियो ।

उक्त मुद्दामा उनलाई जिल्ला अदालत काठमाडौंले सफाइ दिइसकेको छ । अब उनले पुनः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट