२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

हिँड्न नसक्ने अवस्थामा पुगेकी कौशिला मुसहरको सांसद् शर्माले गरे निशुल्क उपचार

मंगलवार , बैशाख २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्माले आर्थिक अभावमा उपचार नपाएकी युवतीको उद्धार गरेका छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ अन्तर्गत पर्ने कानेपोखरी गाउँपालिका–३, मुसहर बस्तीकी कौशिला मुसहरको उद्धार गरेका हुन् ।

लामो समयदेखि आन्द्रामा घाउ भएर हिँड्न नसक्ने अवस्थासम्म पुगेकी कौशिलाको आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन । सो जानकारी समाजसेवी गोपाल सङ्ग्रौलामार्फत डा. शर्माले पाएका थिए । डा. शर्माले नोबेल मेडिकल कलेजका कर्मचारीलाई एम्बुलेन्ससहित पठाएर उनलाई अस्पताल पुर्‍याएका हुन्। हाल उनको नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार भइरहेको छ।

डा. शर्माले देशका सात ठाउँमा निजी लगानीमा एम्बुलेन्स सेवा दिइसकेका छन् । उनले हालै मोरङको बेलबारीमा पनि नयाँ एम्बुलेन्स हस्तान्तरण गरेका छन्। साथै, उनको पहलमा नोबेल मेडिकल कलेजमा निर्वाचन क्षेत्रका नागरिकका लागि ५० शय्याको निःशुल्क क्याबिन सञ्चालनमा छ।

उनी प्रतिनिधिसभाका एकमात्र सांसद हुन् जसले आफ्नो पदको तलब भत्ता लिँदैनन्। सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका उनले उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज तथा नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गराउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट